Dance Tips – Video : Zumba dance by Niti Shah during Kathmandu Pinkathon पिंकाथन

203

Zumba dance by Niti Shah during Kathmandu Pinkathon पिंकाथन


Video

Description

लिजरपोर्टको आयोजना र नेपाल एथलेटिक्स संघको सहयोगमा दशरथ रंगशालामा सुक्रबार पिंकाथन सम्पन्न भएको छ । २ हजार भन्दा बढी महिलाको सहभागितामा आयोजित पिंकाथन दौडका कारण रंगशाला पूरै ढाकिएको थियो ।
महिलाहरूको मात्र सहभागिता रहको पिंकाथनअन्तर्गत २१ किलोमिटरको हाफ म्याराथन, १० किलोमिटर, ५ किलोमिटर र ३ किलोमिटरमा प्रतिस्पर्धा गर्न काठमाडौंका विवाहित, अविवाहित सबै उमेर समुहका महिलाहरु सबेरै रंगशालामा उपस्थित भएका थिए ।
२१ किलोमिटरको दौड कान्छिमाया कोजुले जितेकी छिन् । अझ उत्साहको कुरा गर्ने हो भने पिंकाथनका दौडमा सहभागि हुन दशरथ रंगशालामा १ वर्षको बच्चालाई बोकेर एक आमाले ५ किलोमिटरको दौड पार गरिन् ।